कोरोनाभाइरस संक्रमणबाट २४ घन्टाभित्रै दाजुभाईको मृत्यु
समयपोष्ट
२०७७ मंसिर १३ गते १९:०३
कोरोनाभाइरस संक्रमणबाट दाजुभाईकै ज्यान गएको छ ।
मोरङको लेटाङका दुई दाजुभाइको २४ घन्टाभित्रै कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको हो ।
लेटाङका ७० वर्षीय गोपाल कोइरालाको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो भने उनका सहोदार भाइ ईश्वरी कोइरालाको शुक्रबार बिहान त्यहीँ कलेजमै उपचारका क्रममा ज्यान गएको हो ।
दुबै दाजुभाइको कोरोना संक्रमणपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया