बिहीबार, ३ जेठ २०८१

आईएमईको हात खाली नजाने अफर ,लक्की ड्र मा यूएम स्कुटर

समयपोष्ट २०७३ असोज ३ गते ६:४५

 

Advertisement

काठमाडौं । दशैंको अवसर पारी रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले हात खाली नजाने अफर ल्याएको छ।

“आईएमई हात हुँदैन खाली” नामक यस अफरका विजयीले लक्की ड्र मार्फत यूएम स्कुटर उपहार स्वरूप पाउनेछन् ।

साप्ताहिक रुपमा मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ। 

 योजनामा नेपालका १४७ आईएमई सेन्टरसहित ५ हजार २०० भन्दा बढी रेमिट्यान्स भुक्तानी काउण्टर, साझेदार बैंक , वित्तीय संस्थाहरुका विभिन्न शाखामार्फत सहभागिता जनाउन सकिनेछ । 
 विदेशबाट आईएमई गर्नेको लागि  प्राप्तकर्ताले आईएमई ब्रान्डेड टिसर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट लगायतका  उपहार पाउनेछन् ।  

Advertisement

 निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले तीन सय चन्द्रागिरि केबलकारको टिकट पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । 
लक्की ड्र को नतिजा  कम्पनीको आधिकारिक वेभसाईट,  सामाजिक सन्जाल, एवं विभिन्न संचारका माध्यममार्फत सार्वजनिक गरिनेछ।
यो योजना असोज ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको  छ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री