थप १५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समयपोष्ट
२०७७ असोज ११ गते १६:२६
पछिल्लो २४ घण्टामा देशभर थप १५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ थपिएकासँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज भएका छन् ।
हाल देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन् ।
प्रतिक्रिया