मंगलबार, १८ वैशाख २०८१

यसकारण लिने रहेछन् महिला कलाकारले ड्रग्स, राखीले खुलाईन् कारण

समयपोष्ट २०७७ असोज ९ गते १५:३६

Advertisement

बलिउड अभिनेत्री राखी सावन्तले कलाकारहरुले ड्रग्स लिनुको कारण खुलासा गरेकी छिन् ।

एक भारतीय अखबारसँग कुरा गर्दैराखीले भनिन् ‘कैयौं मानिसहरु आफूलाई स्लिम–ट्रिम राख्नको लागि ड्रग्स लिन्छन् । यद्यपि यो हालत इण्डष्टीमा मात्रै होइन पूरै देशमा छ ।’

राखीले भनिन् ‘म इण्डष्ट्रीसँग १५ वर्षदेखि जोडिएकी छु । मैले देखेकी छु कैयौं व्यक्तिहरु चाहे अभिनेता होउन वा अभिनेत्री ड्रग्स लिन्छन्, आफ्नो ग्ल्यामर कायमै राख्नको लागि । केहीले नशाको लागि यसको उपयोग गर्छन् तर धेरैजसोले भने ग्ल्यामर नहराओस् भनेर ड्र’ग्स लिन्छन् । अभिनेत्रीहरु धेरैजसो वीड (गाँजा) लिन्छन् जसले उनहिरुलाई भोक लाग्दैन ।

युवतीहरु दुब्ला पातला रहन्छन् जसका कारण उनीहरु कैयौं प्रोजेक्ट पाउँछन् । क्यामराअगाडि उनीहरु पातला देखिन्छन् । कैयौं अभिनेत्रीहरुमा तौल नबढोस् भन्ने दबाब हुन्छ । उनहिरुमा दबाब हुन्छ कि तौल बढ्यो भने उनीहरुले काम पाउँदैनन् जसका कारण उनीहरु डिप्रेसनमा पनि जान्छन् । आफ्नो भोक मेटाउन उनीहरु ड्रग्स लिन्छन् ।’

राखीले अगाडि भनिन् ‘केही वर्षअघि म पनि आफ्नो बढ्दो तौलबाट चिन्तित थिएँ । बुझ्न सकिरहेकी थिइन कि मेरो यति तौल किन बढिरहेको छ । त्यतिबेला मलाई पनि वीड (गाँजा) र ह्याश (चरेस) लिन सुझाव दिइएको थियो । मलाई भनिएको थियो कि यो ड्रग्स निकै आम हो र यसलाई धेरैजसो मानिसहरु स्लिम ट्रिम रहनको लागि लिन्छन् ।

तर म त्यससँग सहज थिइन । वीड र ह्याशको सट्टा मैले हट योग रोजें । यस्ता कैयौं अभिनेता अभिनेत्री छन् जसलाई एक्सरसाइजको लागि समय हुँदैन र यही कारण उनीहरु यो शर्ट कट अपनाउँछन् जो पूर्ण रुपमा गलत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री