‘मोदीको फोनले नेपाल–भारत सम्बन्धमा अविश्वास हट्यो’
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोनवार्तासँगै नेपाल–भारतवीचको अविश्वास हटेको पनि दाबी गरेका छन् ।
राजधानिमा आयोजित एक कार्यक्रममा उनले भने,‘नेपाल–भारत सम्बन्धमा जुन किसिमको उतारचढाव थियो, त्यो च्याप्टर अब क्लोज भयो, मोदीजीले बधाई दिनुभयो, नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।’
ज्ञवालीले नेपालले दुवै छिमेकी मित्रराष्ट्र भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर मुलुकको हितमा काम गर्ने समेत बताए ।
उनले भने,‘एमालेको नीति नै छ हामी राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर दुवै छिमेक मित्रराष्ट्रबाट लाभ लिन्छौं, चीनको रेल नेपाल ल्याउँदैछौं, केरुङ–काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म रेल आउँछ, त्यस्तै भारतीय द्रुत गतिको रेल वीरगन्ज हुँदै पशुपतिनाथसम्म ल्याउन चाहन्छौं।’
दुवै देशको आर्थिक विकासमा आफूहरु जोडिन तयार रहेको उनको भनाई थियो ।
प्रतिक्रिया