आइतबार, २३ वैशाख २०८१

पुनःनिर्माणमा सहयोग पुर्याउन इँटा तालीम

समयपोष्ट २०७४ पुष ८ गते ३:३६

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–१० र १२ स्थित दनुवार बस्तीमा भूकम्प पुनःनिर्माणका लागि सहयोग पुर्याउन काँचो माटाबाट इँटा बनाई घर निर्माणका लागि तालीम शुरु भएको छ ।
रातो माटामा थोरै पानी मिसाएर यन्त्रबाट खादिलो पारी इँटा निर्माण गरिन्छ । त्यसरी बनाएको इँटाक प्रतिगोटा रु आठ पर्छ ।

Advertisement

तालीममा बनाइएको इँटाबाट सो बस्तीका सबैभन्दा आर्थिक अवस्था कमजोर भएको परिवारका लागि एउटा नमूना घर निर्माण गरिने जनाइएको छ ।

सो वडाको बालुवामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजना तथा हेभिट्याट फर ह्युमानिटीको आर्थिक सहयोगमा हुने तालीमको प्राधिकरणका कार्यकारी प्रमुख युवराज भुसालले उद्घाटन गर्दै तालीमले पुनःनिर्माणका साथै समुदायका मानिसमा सीप विकास गर्न मद्दत गर्दै थप जीविकोपार्जन गर्नसमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

हेभिट्याट फर ह्युमानिटीका परियोजना प्रमुख सुजित महर्जनले परम्परागत रुपबाट बनाइएको इँटाभन्दा धेरै बलियो र टिकाउ हुने भएकाले सो प्रविधिको विकास गरी सहयोग पु¥याउन तालीम दिन लागिएको बताए । तालीममा स्थानीय दनुवार बस्तीका ६० जनाको सहभागिता छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री