भायानेटको इन्टरनेट अब इनरुवामा
व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र आइ पि टि भि सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै अब इनरुवामा सेवा विस्तार गर्ने भएको छ ।
कम्पनीले दुहबी रोडमा नयाँ शाखा खोल्न लागेको जानकारी दिएको छ ।
कम्पनीका अनुसार अब इनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्ने छन् ।
भायानेटले नेपालको पहिलो एप टि टि एच सेवा सन् २०११ मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै आइ पि टि भि सेवा भायाटिभी पनि छ । जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी एच डि च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि छ । यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निः शुल्क प्रदान गर्नेछन् ।
प्रतिक्रिया