नेपालमा नक्कली नोटको बिगबिगी,एक जना पक्राउ
समयपोष्ट
२०७४ मंसिर २७ गते १५:१६
नक्कली नोटसहित एक भारतीय नागरिक आज झापामा पक्राउ परेका छन् ।
९६ हजार नक्कली भारतीय नोटसहित पश्चिम बंगाल आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ पक्राउ परेका हुन् ।
उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट ४८ थान भारतीय रुपैयाँ दुई हजारको नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई इप्रका दमकमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
उनलाई मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत खोटाचलन मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए । रासस
प्रतिक्रिया