साउन १ गतेबाट भत्ता खारेज
समयपोष्ट
२०७७ जेठ १५ गते १८:२९
कोरोनाविरुद्ध लडाईँमा फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता साउन १ गतेबाट खारेज हुने भएको छ ।
आगामी आर्थिक वर्ष २०७७/७८ बजेट भाषणमा अर्थमन्त्री डा।युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।
बैठक भत्ता, खाजा भत्ता, सेमिनार भत्ताका साथै इन्धन खर्च बापत पाइने अतिरिक्त रकम खारेज गरिएको उनले बताए ।
यसैगरी प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तालगायतका भत्ता पनि कटौती भएको छ । भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमालगायतमा पनि उल्लेख्य बजेट कटौती गरिएको छ ।
प्रतिक्रिया