नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई पीसीआर मेसिन खरिद गर्न आर्थिक सहयोग
समयपोष्ट
२०७७ जेठ १४ गते १३:१९
नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई वित्तीय सहयोग प्रदान गरेको छ ।
प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिन खरिदका लागि बैंकले २८ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरेको हो ।
सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमूना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग मिल्ने र पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया