मंगलबार, १८ वैशाख २०८१

गोरखा २ बाट नारायणकाजी श्रेष्ठलाई पछार्दै डा. बावुराम भट्टराई निर्वाचित

समयपोष्ट २०७४ मंसिर २४ गते १:४२

गोरखा क्षेत्र नम्बर–२ बाट नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बावुराम भट्टराई निर्वाचित भएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६  हजार ८ सय ७४ मतले पछि पार्दै डा.भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले ३१ हजार ८०७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रेष्ठले २४ हजार ९३३ मत हाँसिल गरेका छन् ।

Advertisement

यसैबीच गोरखा क्षेत्र नम्बर–२ प्रदेशसभा ‘क’ तर्फ नयाँ शक्ति पार्टीका हरिशरण आचार्य बिजयी भएका छन् ।  आचार्यले १५ हजार ३४३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी कमला नहर्कीले १२ हजार ६५ मत ल्याएकी छिन् ।

्प्रदेशसभातर्फ कुल खसेको २९ हजार १२६ मतमध्ये  १ हजार ७६ मत बदर भएको थियो । गोरखा–२ को प्रदेशसभा ‘ख’ तर्फ नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी बिजयी भएका छन् । 

दवाडीले १५ हजार ८ सय ५३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी एवं बामगठबन्धनका साझा उम्मेद्वार अमर तमुले १३ हजार ४ सय ११ मत ल्याएका छन् । 
३० हजार ९६४ मत खसेको उक्त प्रदेशमा एक हजार ७५ म तबदर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री