मंगलबार, १८ वैशाख २०८१

 ’सानिमा इक्विटी फण्ड’ मा आजबाट आवेदन खुल्यो,आवेदन दिने अधिकतम इकाई २४ लाख

समयपोष्ट २०७४ मंसिर १२ गते १०:३१

 ’सानिमा इक्विटी फण्ड’ मा आजबाट आवेदन खुलेको छ । सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलले ल्याएको एक अर्ब २० करोड रुपैयाँको सामुहिक लगानी कोष ’सानिमा इक्विटी फण्ड’ मा लगानीकर्ताले मंसिर १२ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन ।

Advertisement

 प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको यस योजनामा लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिने छ ।  यस योजनामा न्यूनतम १०० इकाई अर्थात एक हजार रुपैयाँदेखि दुई करोड ४० लाख रुपैयाँ अर्थात २४ लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । 

सानिमा इक्विटी फण्डले निष्काशन गरेको १२ करोड इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकका लागि सुरक्षित राखि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा निष्कासन गरेको हो ।

इकाइको निष्काशनको क्रममा मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था छ । माग भन्दा बढी आवेदन परेमा कोषको आकार एक अर्ब ५० करोडको हुनेछ ।

सात बर्षे बन्दमुखी यो योजना सेयर बजारमा सूचीकृतपछि भने हरेक दिन किनबेच गर्न सकिनेछ । कोषको लगानीमा नाफा भएमा लगानीकर्ताहरुले प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिनसक्ने अवस्था बन्नेछ । ७ वर्षमा परिपक्व अवधिमा कायम हुने अन्तिम लगानीकर्ताले कम्पनीको नेटवर्थ प्रतिसेयर जति हुन्छ त्यही आधारमा आफ्नो लगानी फिर्ता पाउँनेछन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री