मंगलबार, १८ वैशाख २०८१

आदित्य र नेहाको विवाहको ४ दिनअघि उदित नारायण झाले गरे यस्तो खुलासा

समयपोष्ट २०७६ माघ २८ गते ११:१९

Advertisement

आदित्य नारायण झा र नेहा कक्कडको सम्बन्धका कारण इन्डियन आइडलको आजकाल खास चर्चा छ ।

दुबैको भ्यालेन्टाइन्स डेमा विवाह हुने खबर सार्वजनिक भएपछि टिआरपी बटुल्नका लागि यस्तो गरिएको आरोपसमेत कतिपयले लगाएका छन् । यसैबीच आदित्यका पिता उदित नारायण झाले यसलाई अफवाहको संज्ञा दिएका छन् ।

एक भारतीय संचारमाध्यमसँगको कुराकानीमा उदित नारायणले भनेका छन्, ‘आदित्य हाम्रो एक्लो छोरा हो । हामी उनको विवाहको प्रतिक्षा गरिरहेका छौं । यदि विवाहको अफवाह साँचो हुँदो हो त हामी संसारकै भाग्यमानी आमा–बुवा हुने थियौं । तर आदित्यले हामीमाझ यसबारे केही कुरा साझा गरेका छैनन् ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री