कलेज सुन्दरीको एयर होस्टेस बन्ने सपना (फोटो फिचर सहित)
एकाएक सेलिब्रेटी हुँदा कस्तो अनुभव भयो ?
मलाई सपना जस्तो लागिरहेको छ । हिजोसम्मको एउटा सामान्य केटी एकाएक सेलिब्रेटी हुँदा मलाई एकदम खुसी लाग्यो । मैले मेरो कलेज, मेरा अभिभावकहरूलाई खुसी बनाउन सकेँ भनेर प्राउड फिल भयो ।
मिस टिन प्रतियोगितामा भाग लिने सोच कसरी आयो ?
मलाई सानै बेलादेखि व्युटी प्याजेण्टहरू एकदम मन पथ्र्यो । तर यसरी कुनै प्रतियोगितामा जान्छु भन्ने सोचेको थिइनँ । मेरो व्युटी प्याजेण्टप्रतिको मोहलाई देखेर मेरो परिवारले एक पटक जाऊ, कोसिस गर, तिमीले गर्न सक्छौ भन्नुभयो । मैले पनि जिते पनि नजिते पनि कमसेकम केही सिक्ने मौका पाइन्छ, नयाँ कुराको अनुभव हुन्छ भनेर कोसिस गरेको थिएँ । यसअघि कुनै पनि यस्ता प्रतियोगिताहरूमा भाग लिएकी थिइनँ, यो नै मेरो पहिलो अनुभव हो । पहिलो पटकमै प्रथम हुन सफल भएँ ।
भविष्यको योजना के छ ?
मेरो पहिलेदेखि नै एयर होस्टेस बन्ने ठूलो सपना छ । म बीबीएस सकाएपछि एयर होस्टेस कोर्स गर्छु । एयर होस्टेस हुन नसके बिजनेस फिल्डमा लाग्ने सोचेको छु । साथै, मैले मिस टिन प्रतियोगितामा भाग लिएर ताज जितिसकेपछि मोडलिङ फिल्डमा पनि अगाडि बढ्ने विचार छ । यसअघि मोडलिङको बारेमा खासै सोचेको थिइनँ । मोडलिङ फिल्ड पहिलेदेखि नै
मन पथ्र्यो ।
ब्वाय फ्रेन्ड छ ?
छैन ।
प्रेम प्रस्ताव पनि आउँछ होला ?
आउने गर्छ तर मेरो ध्यान त्यतातिर छैन ।
बिहे कहिले गर्ने ?
बिहे त हुँदै गर्छ । पहिले आफ्नो खुट्टामा उभिनुपर्यो । मम्मी–ड्याडीले यति धेरै पढाउनुभएको छ, पहिले मम्मी–ड्याडीको लागि केही गर्नु छ । अनि सोचौँला ।
मन पर्ने खाना ?
मःम, पिज्जा बढी मन पर्छ । चकलेट र आइसक्रिम पनि बढी नै खान्छु ।
मन पर्ने ड्रेस ?
मलाई साडी मन पर्छ ।
मन पर्ने ठाउँ ?
जान मन लाग्ने र मन पर्ने अमेरिका हो । तर अहिलेसम्म गएकी छैन । गएकोमध्ये पोखरा एकदम मन पर्छ ।
ग्याजेट ?
म मोबाइल प्रिफर गर्छु । त्यसमा पनि आई फोन मन पर्छ ।
सोसल साइट ?
सोसल साइट्समा धेरैजसो फेसबुक चलाउँछु । साथीहरूसँग बढी ग्रुप च्याट हुन्छ । विशेषतः पढाइ र घुम्न जाने विषयमा बढी गफ गरिन्छ । त्यति धेरै सोसल साइटलाई नै समय दिएर जति बेला पनि त्यसमै समय बिताउँदिनँ ।
प्रतिक्रिया