मंगलबार, १८ वैशाख २०८१

प्रधानमन्त्रीलाई काँग्रेस सभापतिको दुखेसो – म त बर्वाद भएँ नि यार !

समयपोष्ट २०७६ माघ ८ गते ८:४२

Advertisement

शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग बालुवाटारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दुखेको थियो, ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकेँ यार !’

प्रमले ‘के भयो ?’ भनी सोध्न खोज्दा खोज्दै देउवाले वाक्य नरोकी भने, ‘बाहिरका मान्छेले मलाई प्रतिपक्षी राम्रो भएन, केही लछारपाटो लगाउन सकेन भन्छन् । पार्टीभित्रै संसदमा पनि केही भूमिका खेल्न सकेन भनेर सराप्छन् । पार्टी नै छैन जस्तो, गतिविधि देखिएन भन्दै मेरो विरोध छ । मचाहिँ खुरुखुरु भनेको मानेर सघाइरहेको छु । तपाईंहरुचाहिँ मलाई पेल्नुहुन्छ ।’

उनले, ‘म त बर्बाद भइसकेँ यार…’ भन्दै आफ्नो विवशता, निरीहता र आफू कमजोर हुँदाको वास्तविकता यसरी खुलासा गरेपछि प्रधानमन्त्री ओलीले उदारता देखाएका छन् ।

नेपालको संसदीय इतिहासमा सम्भवतः सत्तापक्षत्रले प्रतिपक्षलाई यति ठूलो सरप्राइज सायदै दियो, जुन शनिबार प्रधानमन्त्री केपी ओलीले दिए । अर्थात्, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगका लागि झण्डै आधा आधा भागबन्डा पाइन्छ भन्ने कल्पनै नगरी बालुवाटार छिरेका काँग्रेस नेताहरु आ–आफ्नो सिफारिस गराउन सकेकोमा पूरै सन्तुष्ट भएर फर्किएका छन् ।आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री