मंगलबार, १८ वैशाख २०८१

 मंसिर १० र २१ गते हुने चुनावको लागि एक करोडभन्दा धेरै मतपत्रको छपाई सकियो

समयपोष्ट २०७४ कार्तिक ३ गते ६:५५

 मंसिर १० र २१ गते हुने चुनावको लागि एक करोडभन्दा धेरै मतपत्र छापिसकिएको निर्वाचन आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले ७ वटा मेसिनबाट ३ सत्रमा दैनिक ८ लाख सम्म मतपत्र छापिरहेको आयोगले जनाएको छ ।

Advertisement

आउँदो शुक्रबारसम्ममा केन्द्रले प्रदेश र प्रतिनिधिसभा चुनावको लागि आवश्यक झण्डै १ करोड ७० लाख मतपत्र छाप्ने आयोगको योजना छ ।१ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाताका लागि मतपत्र छपाईको काम भैरहेको हो । यस्तै आयोगले चुनावको वातावरण बनाउन आग्रह गर्दै सबै दलसँग दैनिकजसो छलफल गरिरहेको जनाएको छ ।

समानुपातिकतर्फ बन्दसूची बुझाएका दललाई संविधानले तोके अनुसार विभिन्न समुहको प्रतिशतको विषय, क्रममा राख्ने, ५० प्रतिशत महिला अनिवार्य, १० प्रतिशत न्यूनतम उमेद्वारी दिने लगायतका विषय सच्च्याउन पनि आयोगले आउँदो १२ गतेसम्मको समय दिएको छ । यस्तै, मतदाता शिक्षा लगायतका काम पनि भैरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री