कुमारी हल संचालनमा
समयपोष्ट
२०७६ मंसिर २२ गते १७:१७
काठमाण्डौको कुमारी हल शनिबारदेखि संचालनमा आएको छ ।
करिब एक महिना बन्द भएको हल शनिबारबाट संचालनमा आएको हो । सञ्चालनमा आएसंगै हलमा बलिउड चलचित्र ‘पति, पत्नी और ओ’ रिलिज भएको छ । कुमारी हलमा २ पर्दा छन् । जसमध्ये, कुमारी हलको अडिटोरियम १ संचालनमा आएको हो । अर्को अडिटोरियम संचालन हुन एक साता लाग्ने बताइएको छ ।
नोभेम्बर ४ तारिखबाट बन्द भएको हल डिसेम्बर ६ तारिखसम्म बन्द भएको थियो ।
प्रतिक्रिया