मंगलबार, १८ वैशाख २०८१

इन्भेष्टमेन्ट बैंकको बोनसपछिको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ असोज १८ गते ५:५५

नेप्सेमा बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । १५ प्रतिशत बोनसपछि बैंकको सेयरमूल्य समायोजन भएको हो । सेयरमूल्य समायोजनपछि बैंकको सेयरमूल्य प्रतिकित्ता ६६४ रुपैयाँ कायम भएको छ ।

Advertisement

इन्भेष्टमेन्ट बैंकको आधारमूल्य भने ७५८ रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।  यस्तै बैंकको संस्थापक सेयरको पनि बोनसपछिको मूल्य समायोजन भएको छ । बोनसपछिको मूल्य प्रतिकित्ता ५८० रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस तथा २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले प्रस्तावित लाभांश पारित गर्न कात्तिक ७ गते साधारण सभा बोलाएको छ । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री