शुक्रबार, २१ वैशाख २०८१

‘एनएस क्वालिटी अवार्ड २०१९’बाट शिवम् सिमेन्ट सम्मानित

समयपोष्ट २०७६ कार्तिक २८ गते १७:३२

Advertisement

शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित भएको छ ।

नेपाल नापतौल तथा गुणस्तर विभागले यस बर्षको क्वालीटी अवार्ड शिवभ् सिमेण्टलाई प्रदान गरेको हो ।

विभागले प्रदान गर्ने तिन अवार्ड मध्ये यस वर्ष तिनै विधामा सिमेन्टले पाएको हो। शिवम्ले पहिलो स्थान ओगट्न सफल भयो भने क्रमशः मारुती सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्ट दोस्रो र तेस्रो स्थानमा पर्न सफल भए ।बालाजु माछापोखरी स्थित नेपाल नापतौल तथा गुणस्तर विभागले आयोजना गरेको अवार्ड वितरण तथा सम्मान कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले क्वालिटीमा सिमेन्ट उद्योगहरु जिम्मेवार बन्दै गएको बताए ।

उद्योग मन्त्री मात्रिका प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने भनिए पनि स्वास्थ अवस्था प्रतिकुल भएकाले मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बिजेता उद्योगहरुलाई पुरस्कार तथा सम्मान गरेका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री