अवार्डबाट सम्मानित हुँदै शिवम सिमेन्ट, मारुती र शुभश्रीलाई ‘लेटर अफ एप्रिसिएसन’
समयपोष्ट
२०७६ कार्तिक २७ गते १२:४७
शिवम सिमेन्टलाई क्वालिटी अवार्डबाट सम्मानित गरिने भएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टलाई क्वालिटी अवार्डबाट सम्मानित गर्न लागेको हो । उद्योगमन्त्री मातृका यादबले विहिबार अवार्ड हस्तान्तरण गर्नेछन् । हेटौडामा रहेको शिवमले ओपिसी सिमेन्ट उत्पादन गर्छ।
विभागका अनुसार लेटर अफ एप्रिसिएसन भने मारुती र शुभश्री जगदम्बा सिमेन्टले पाएका छन्। शुभश्री जगदम्बाले अहिलेसम्म दुई पटक क्वालिटी अवार्ड पाइसकेको छ।
प्रतिक्रिया