शुक्रबार, २१ वैशाख २०८१

भारतद्वारा कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन निर्माण

समयपोष्ट २०७६ असोज ११ गते १५:५४

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा निर्मित काठमाडौं महानगरपालिका वडा नं. १४ स्थित कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

भारत सरकारको ने.रु. ३.८६ करोड अनुदान सहयोगमा निर्मित तीन तल्ले नयाँ विद्यालय भवनमा २० वटा कक्षा कोठा लगायत प्रत्येका तलामा छात्र छात्राका लागि छुट्टै शौचालय, अण्डरग्राउण्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्की तथा फर्निचरको व्यवस्था रहेको छ । विद्यालय निर्माणको परियोजनालाई काठमाडौं जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको हो ।

Advertisement

शनिवार एक कार्यक्रमको आयोजना गरि नवनिर्मित भवनको काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले उद्घाटन गरे । उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य, वडा अध्यक्ष शोभा सापकोटा तथा जिल्ला समन्वय अधिकृत पीताम्बर अधिकारी लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता थियो ।

 

सन् १९८९ मा कुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको यस कुलेश्वर आवास माध्यमिक विद्यालय सामुदायको सहयोगबाट सञ्चालित छ । हाल यस विद्यालयमा ८०० भन्दा बढी विद्यार्थीहरु अध्ययारत छन् जसमध्ये ५० प्रतिशत छात्रा रहेका छन् । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु समाजका सिमान्तकृत वर्गका छन् ।

 

‘यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ, भारतीय दूताबासद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ‘शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री