नेपाल बंगलादेश बैंक बुम रेमिटको एजेन्ट नियूक्त
समयपोष्ट
२०७४ भदौ २६ गते ७:२३
नेपाल बंगलादेश बैंक र बुम रेमिट्यान्सबिच रेमेट्यान्स पठाउने तथा भुक्तानी गर्ने सम्झौता भएको छ । बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र बैंकको तर्फबाट नायब महाप्रवन्धक सुरेन्द्र भूषण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै नेपाल बंगलादेश बैंक बुम रेमिटको एजेन्ट नियूक्त भएको छ । यसबाट बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंकले ४७ वटा शाखाहरु मार्फत भुक्तानी गर्न सक्नेछ । साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण पठाउने तथा भुक्तानी गर्ने कार्य गर्न सक्नेछ ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजार भन्दा बढि सब–ऐजेन्टहरु रहेका छन् ।
प्रतिक्रिया