बिहीबार, ३ जेठ २०८१

गैँडाकोटमा खुल्यो ग्लोबल आइएमई बैंकको नयाँ शाखा

समयपोष्ट २०७५ पुष १६ गते १८:४०

Advertisement

ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपरासी जिल्लाको गैँडाकोटमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको सोमबार प्रदेश सांसद चन्द्र नेपालीले उद्धघाटन गरे ।

समुद्घाटन कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल,ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नवलपरासी बर्दघाट सुस्ता–पूर्वका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, गैँडाकोट नगरपालिकाका उपमेयर विष्णुकुमारी कँडेल, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचन लगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

हाल बैंकले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री