शुक्रबार, ४ जेठ २०८१

कादर खान भेन्टिलेटरमा, दिमागले काम गर्न छाड्यो,अवस्था नाजुक

समयपोष्ट २०७५ पुष १३ गते ११:४७

Advertisement

बलिउडका अभिनेता तथा हास्यकलाकार कादर खान अस्पतालमा भर्ना भएका छन् । उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था नाजुक छ । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित भएको छ । इन्टरटेनमेन्ट वेबसाइट स्पटब्वईको खबर अनुसार यो जानकारी कादर खानका छोरा सरफराज खानले दिएका हुन् ।

कादर खान पछिल्लो थुप्रै वर्षदेखि क्यानडामा आफ्ना छोरा–बुहारी सरफराज र शाइस्तासँग बसिरहेका छन् । सरफराजका अनुसार डाक्टरको एक समूहले कादर खानको स्वास्थ्यमा लगातार हेरबिचार गरिरहेका थिए तर उनलाई एक्कासी सास फेर्न समस्या भएका कारण बाइपेप भेन्टिलेटरमा राखिएको छ ।

खबरका अनुसार कादर खान कहिले होसमा आउँछन्, कहिले यताउती हेर्छन् । उनले कुराकानी गर्न बन्द गरेका छन् । उनमा निमोनियाको लक्षण पनि देखिएको छ । उनको स्थिती नाजुक छ । कादर खानको सन् २०१७ मा घुँडाको शल्यक्रिया गराएको उनको छोराले बताए ।

के हो पिएसपीः

Advertisement

प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी (पिएसपी) एक असामान्य मस्तिष्क विकार हो जसले शरिरको गति, हिँड्नका लागि हुनुपर्ने सन्तुलन, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोचलाई प्रभावित गर्छ । मस्तिष्कका तन्तु नष्ट भएका कारण यस्तो हुन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री