शुक्रबार, ४ जेठ २०८१

मेडीसिटी अस्पताल र मानुसीबीच सम्झौता

समयपोष्ट २०७५ पुष १२ गते १८:४०

Advertisement

नेपाल मेडीसिटी अस्पताल र मानुसी प्रा.ली बीच उपचार गराउँदा विशेष सहुलियत प्रदान गर्ने बिषयमा सम्झौता भएको छ ।

नख्खु ललितपुरमा अवस्थित मानुसी प्रा.लीको कार्यालयमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र मानुसीकि अध्यक्ष पद्माशना शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

महिला उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएको संस्था मानुसीका कर्मचारी तथा सदस्यका लागी सम्झौता पश्चात नेपाल मेडीसिटीमा उपचार गराउँदा विशेष सहुलियत प्रदान गरिने भएको छ ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले महिला स्वास्थ्यका थुप्रै कार्यक्रम नेपाल मेडीसिटीमा उपलब्ध भएकाले महिलामैत्री संस्थालाई साथ दिन अस्पताल तयार रहेको बताए ।

Advertisement

संस्थाकि अध्यक्ष पदम्माशना शाक्यले महिलाहरु सक्षम बन्नका लागी स्वास्थ्य अवस्था पनि बलियो हुन आवश्यक रहेकाले मेडीसिटी अस्पतालसंगको सम्झौताले आफ्ना सदस्य तथा कर्मचारीको मनोबल बढाउन सहयोग पुग्ने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री