बुधबार, ७ साउन २०८२

बन्ने भयो २२ तले धरहरा, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

समयपोष्ट २०७५ पुष १२ गते १२:२५

२०७२ साल बैशाख १२ गतेको भुकम्पले भत्किएको धरहरा पुनर्निर्माणको शिलान्यास गरिएको छ । सुन्धारामा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री के पी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित थिए।

अब बन्ने धरहरा आधुनिक र सुविधासम्पन्न हुँने छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तल्लाको हुनेछ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु थपिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहरा बनाउन सरकारले २४ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ भने पुनर्निर्माणको जिम्मा जीआईईटीसी (रमन जेभी) लाई दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री