शुक्रबार, ४ जेठ २०८१

नर्भिकले कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने

समयपोष्ट २०७५ पुष १२ गते ९:२९

Advertisement

नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविष्यमै कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने भएको छ ।

नेपाली चिकित्सा फाँटमा विगत २५ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको चिकित्सा सेवा पु¥याउँदै आएको निजी क्षेत्रको अग्रणी स्वास्थ्य सेवा प्रदायक संस्था नर्भिक हस्पिटलले निकट भविष्यमै कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने जनाएको हो ।

हाल नर्भिक पूर्वाधार निर्माणमा केन्द्रित रहेको, सेवा सञ्चालनका लागि प्रक्रियागत लाइसेन्स लिने कार्यलाई अगाडि बढाएको र थप चिकित्सकीय तथा अन्य मानव संशाधनको तयारीमा जुटेको जनाएको छ ।

मानव संशाधन विकासतर्फ कलेजो प्रत्यारोपण विशेषज्ञ शल्य चिकित्सकहरु, कलेजो प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरु (कलेजो रोग विशेषज्ञ÷फिजिसियन), कलेजो प्रत्यारोपण विशेषज्ञ रेडियोलोजिष्ट, कलेजो प्रत्यारोपण विशेषज्ञ वाल चिकित्सक र कलेजो प्रत्यारोपण विशेषज्ञ प्याथोलोजिष्ट आदि रहेका छन् ।

Advertisement

नर्भिकसँग आवद्ध कलेजो प्रत्यारोपणसम्बन्धी तालिम प्राप्त एवं अनुभवी विशेषज्ञ शल्यचिकित्सक÷चिकित्सकहरुमा डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार साह र डा. अनिषा तिवारी (शल्यचिकित्सक), डा. सागर पौडेल (प्रत्यारोपण विशेषज्ञ कलेजोरोग चिकित्सक), डा. बिरेन्द्रकुमार राउत, डा. किरण अधिकारी र डा. बालचन्द्र कार्की (विशेषज्ञ एनेस्थेसियोलोजी÷ क्रिटिकल केयर मेडिसिन), डा. विवेक साह (विशेषज्ञ रेडियोलोजिष्ट), डा. सुशीलराम श्रेष्ठ (विशेषज्ञ प्याथोलोजिष्ट) र डा. रञ्जित साह (विशेषज्ञ इन्फेक्सीयस डिजिज) आदि रहेको हस्पिटलले जनाएको छ ।

त्यसरी नै कलेजो प्रत्यारोपण विशेषज्ञ पेडियाट्रिसियनहरुमा डा. अमृत ढुङ्गेल र डा. हेमन्त शर्मा रहेका छन् । हाल तीव्र तयारी भइरहेको तथा यहि पुस १९, २० र २१ गते कलेजो प्रत्यारोपणसम्बन्धी विशेषज्ञ ओ.पी.डी सेवा सञ्चालन गरिने र नेपाल सरकारवाट स्वीकृति प्राप्त हुनासाथ कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिने नर्भिक व्यवस्थापनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री