मंगलबार, ६ साउन २०८२

इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य कतिमा भयो समायोजन ?

समयपोष्ट २०७५ पुष ११ गते १३:१९

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको बोनसपछिको शेयरमूल्य बुधबार समायोजन भएको हो ।

नेप्सेले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत बोनसलाई समायोजन गरि नयाँ मूल्य प्रतिकित्ता ५७७ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ । बैंकको १८० दिन नेप्सेमा कारोबार भएको शेयर कारोबारमूल्यका आधारमा औसत आधारमूल्य ६६७ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री