शनिबार, ५ जेठ २०८१

नागबेलीले घटायो लाभांश, बोनस सेयर ९.३८ प्रतिशतमा झर्याे

समयपोष्ट २०७५ पुष १० गते १४:०५

नागबेली लघुबित्त वित्तीय संस्थाले यसअघिकाे प्रस्ताव गरेकाे लाभांश परिवर्तन गरेको छ । संस्थाले ९.३८ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनकोलागि ०.४९ प्रतिशत नगद लाभांश दिने जानकारी दिएको छ । यस अघि संस्थाले गत कार्तिक २६ गते १६.११ प्रतिशत बोनस शेयर र उक्त बोनसकोलागि ०.८५ प्रतिशत नगद लाभांश दिने जनाएको थियो ।

Advertisement

संस्थाले वितरण गरेको हकप्रदसमेतलाई समायोजन गर्दै बोनस वितरण गर्ने भएपछि पूर्व घोषित लाभांश परिवर्तन भएको जनाएको छ। संस्थाले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री