बिहीबार, २० वैशाख २०८१

श्रीमतीको अभिनयको तारिफ गर्दा कोहलीको उडाइयो खिल्ली

समयपोष्ट २०७५ पुष १० गते १३:१७

Advertisement

भारतीय क्रिकेटका क्याप्टेन विराट कोहलीले भर्खरै मात्र रिलिज भएको फिल्म जिरोको निकै तारिफ गरे । शाहरुख खान, अनष्का शर्मा, कट्रिना कैफलगायतका कलाकार अभिनित उक्त चलचित्र निकै राम्रो लागेको भन्दै ट्विट गरे । अझ उनले पत्नी अनुष्काको अभिनय निकै राम्रो लागेको बताए ।

विराटले जिरो फिल्मको तारिफ गरेपछि मानिसहरुले उनको खिल्ली उडाएका छन् ।उनलाई धेरैले श्रीमतीको चक्करमा फिल्मको तारिफ नगर्न सुझाएका छन् । उनीहरुले जिरो फिल्म बेकारको बताएका छन् । कतिले विराटको अकाउन्टबाट गरिएको ट्वीट उनले नभई अनुष्काले गरेको पनि बताएका छन् ।

Advertisement

गत शुक्रबार रिलिज भएको यस फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ भने बक्स अफिसमा औसत कमाई गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री