बिहीबार, २० वैशाख २०८१

मि टू : अदिती रोयले भनिन् -मलाई त्यस्तो गरिदाँ म धेरै रोए

समयपोष्ट २०७५ पुष ९ गते ८:३७

बलिउड नायिका अदिती रोय हैदरी आफ्नो ‘मि टू’ अनुभव शेयर गरेकी छिन् । एक कार्यक्रममा बोल्दै अदितीले भनिन्, ‘मैले बलिउडमा त्यस्तो ठूलो यौन दुर्व्यवहार त सहन परेनँ । तर, मसँग एउटा अनुभव छ । मलाई ‘हुन्छ या हुन्न’ भन्ने विकल्प दिइएको थियो । मैले, ‘हुन्न’ भन्ने विकल्प रोज्दा ८ महिना काम पाउन सकिनँ । यसले मलाई निकै नै दिकदार बनाएको थियो ।’

Advertisement

अदितीले आफ्नो टिमको साथले आफूले ८ महिनापछि काम पाएको बताइन् । उनले अगाडि थपिन्, ‘हो, यस बिषयमा हामीले नबोल्दा मानिसहरु उनीहरुलाई जे गरेपनि हुन्छ भन्ने सोच्छन् । या कतिपय अवस्थामा यस्तो कुरा बोल्दा यो चर्चाका लागि हो भन्ने वुझ्छन् । यसैले यस्ता कुरा बोल्दा आफू पनि त्यसका लागि तयार हुनुपर्छ ।’

अदितीले भनिन्, ‘मलाई त्यस्तो व्यवहार हुँदा म कमजोर त भइनँ, तर धेरै रोएकी थिएँ । किनकी, बलिउडमा महिलाहरुलाई यस्तो व्यवहार गरिन्छ भन्ने सुनेकी थिएँ, आफूले भोग्दा दुःख लाग्यो ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री