एमाले महाधिवेशन : मतदान अन्तिम चरणमा

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

Advertisement

बुधबार बिहान ९ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको मतदानमा सहभागी हुन २ हजार २२७ जना महाधिवेशन प्रतिनिधिले टोकन लिएका छन्।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार हाल ८० जना प्रतिनिधि विद्युतीय मेसिनमा मतदान गरिरहेका छन् भने १० जनाको मात्र मतदान बाँकी रहेको छ।

Advertisement

कुल २ हजार २६३ जना मतदाता रहेकोमा ३६ जनाले टोकन नै लिएका छैनन्। टोकन लिएका २ हजार २२७ जनाकै मत खस्ने सम्भावना रहेको उपाध्यक्ष पोखरेलले बताए।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच मुख्य प्रतिस्पर्धा छ। अन्य पदहरूमा पनि प्यानलगत प्रतिस्पर्धा भइरहेको छ। मतदान सकिएलगत्तै मतगणना सुरु हुने र छिट्टै नतिजा सार्वजनिक हुने आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री