बिहीबार, १३ वैशाख २०८१

चीनले नेपाललार्इ १५ अर्ब ७० कराेड रूपैयाँ अनुदान दिने सम्झाैता

समयपोष्ट २०७३ पुष १५ गते ७:५८

चीनले नेपाललार्इ  १५ अर्ब ७० कराेड रूपैयाँ अनुदान दिने सम्झाैता भएकाे छ । 

Advertisement

बिहीबार बेइजिङमा चीनकालागि नेपाली राजदूत लिलामणि पाैडेल र चीनका बाणिज्य सहायक मन्त्री झाङ झियाङचेनबीच अनुदान सम्बन्धि सम्झाैतापत्रमा हस्ताक्षर भएकाे हाे ।

चीनले दिने  १५ अर्ब ७० कराेड रूपैयाँ अनुदान स्याफ्रुबेसी-रसुवागढी सडकखण्ड मर्मत तथा सुधार अायाेजना, सिभिल अस्पतालकाे स्तराेन्नती तथा भूकम्प प्रभावित क्षेत्रकाे जीवनस्तर उकास्ने परियाेजनाहरूमा खर्च गर्ने सहमति भएकाे बेइजिङ स्थित नेपाली दूतावासले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएकाे छ । 

प्रेस विज्ञप्तीमा सम्झाैतापत्र अादानप्रदान कार्यक्रममा नेपालकाे सामाजिक अार्थिक बिकासमा चीनकाे सहायता र सहयाेगमा निरन्तरता रहने विश्वास पनि नेपालले ब्यक्त गरेकाे जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री