शुक्रबार, १६ चैत २०८०

सेयर लगानीकर्ता संघले दियो धर्ना

समयपोष्ट २०७३ पुष १३ गते ७:०७

बिभिन्न ६ बुँदे मागसहित सेयर लगानीकर्ता संघले नेपाल स्टक एक्सचेन्जको प्रांगणमा धर्ना दिएका छन् । लगानीकर्ता संघले बुधवार विहान १०:३० बजेदेखि १२ बजेसम्म नेपाल स्टक एक्सचेन्जको प्रांगणमा धर्ना दिएको हो । धर्ना कार्यक्रममा सेयर लगानीकर्ता संघसंगै अन्य लगानीकर्ताहरुको पनि उपस्थिती रहेको थियो । संघले मागका विषयमा आइतवारसम्ममा नेप्सेका धारणा माग गरेको त्यसपछि आउने जवाफको आधारमा अन्य कार्यक्रम तय गरिने सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले जनाकारी दिएका छन् ।  विहीवार धितोपत्र बोर्डमा पनि संघले धर्ना कार्याक्रम तय गरेको अध्यक्ष अर्यालले बताए । संघले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कम्पनीको विस्तार गर्नुपर्ने, अनलाइन ट्रेडिङको व्यवस्था हुनुपर्ने, गैर आवासीय नेपालीलाई बजारमा प्रवेशको वातावरण बनाउनु पर्ने लगायतका ६ बुँदे माग राखेर धर्ना दिएको हो । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री