बिहीबार, १३ वैशाख २०८१

नबिल बैंकद्धारा सुरक्षक पोखरेल सम्मानित

समयपोष्ट २०७३ पुष ७ गते ९:२२

नबिल बैंकले जि. फोर. एस. सेक्युरिटि सर्भिसेज नेपाल प्रा. लिबाट बैंकको कान्तिपथ शाखामा खटिएकासुरक्षक यदुनाथ पोखरेललाई सम्मान सहित नगद पुरस्कार प्रदान गरेको छ । 
बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बैंकका उच्च पदस्थ कर्मचारीहरु बीच पोखरेललाई उनले गरेको सहृानिय कार्यका लागि सम्मान गर्दै नगद पुरस्कार ५० हजार रुपैया सहित प्रशंसा पत्र प्रदान गरेका हुन ।  

Advertisement

पोखरेलले १० नोभेम्बर २०१६ मा बैंकको कान्तिपथ शाखाको ए. टि. एम. बुथमा भएको गतिविधिमा शंका लागि तुरुन्त खवर गरी गतिविधिमा संलग्न व्यक्तिहरु प्क्राउ गर्न सफल भएको बैंकले जनाएको छ । 
संचालक समितिका अध्यक्ष पौड्यालले बैंकको यस प्रकारको सम्मानले सुरक्षा कार्यमा संलग्न सम्पूर्ण व्यक्तिहरुलाई आफनो कार्यमा अझ दत्तचित्त भई काम गर्न र कुनैपनि शंकास्पद गतिविधिलाई निगरानी गरी बैंक र ग्राहकको सुरक्षामा अझ बढि सचेत हुन उत्प्रेरित गर्ने बिश्वास व्यक्त गरे ।  

सम्मानित पोखरेलले बैंकको यस्तो कदमले अझ थप हौसला प्राप्त भएको र अझ बढि जिम्मेवारी पूर्वक काम गर्ने जिम्मेवारी थपेको व्यक्त गर्दे आफूलाई सम्मानित गरेकोमा बैंक प्रति कृतज्ञता समेत व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री