बुधबार, १२ वैशाख २०८१

११६ देशका सुन्दरीलाई उछिन्दै स्टेफनी बनिन् ‘मिस वर्ल्ड २०१६’

समयपोष्ट २०७३ पुष ४ गते ८:४७

 अमेरिकाको मेरिल्याण्डमा आयोजना भएको विश्व सुन्दरी प्रतिस्पर्धामा पोर्टो रीकोकी स्टेफनी डलले ‘मिस वर्ल्ड २०१६’को उपाधी जितेकी छिन् । १९ बर्षिया डलले ११६ देशका सुन्दरीलाई उछिन्दै विश्वको चर्चित सौन्दर्य प्रतियोगीताको टाइटल जित्न सफल भएकी हुन् ।

Advertisement

विश्व सुन्दरीको नाम घोषणा भएपछि उनी अचम्मित भएकी थिइन् । ५ फिट ८ इन्च अग्ली यी सुन्दरीले विश्व सुन्दरी प्रतियोगीतामा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि खुशीको कुरा भएको बताएकी थिइन् ।

सन् २०१३ की विश्व सुन्दरी मेगन यङ र कलाकार जेसन कुकले सन् २०१६ को ‘मिस वर्ल्ड’ कार्यक्रम संचालन गरेका थिए । यो बर्षको विश्व सुन्दरी प्रतियोगीतामा डोमिनिकन रिपब्लिककी यारित्जा मिगलिना फस्ट रनरअप बनिन् भने इन्डोनेसियाकी नतासा सेकेन्ड रनरअप हुन सफल भइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री