बिहीबार, १५ चैत २०८०

सुनको मूल्य ओरालो लाग्ने क्रम रोकिएन

समयपोष्ट २०७३ पुष १ गते ९:२४

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । शुक्रबार सुनको मुल्य ४ सय रुपैयाँले घटेको छ । बिहिबार सुन प्रतितोला ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज भने सुन ५१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी  बिहिबार प्रतितोला ७ सय ९० रुपैयाँ थियो । शुक्रबार चाँदी पनि उच्च दरले घटेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ७ सय ६५ रुपैयाँ कायम भएको छ ।  

Advertisement

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री