शनिबार, १५ वैशाख २०८१

वर्ल्डलिंकले ११ सय५० रुपैयाँमा अनलिमिटेड इन्टरनेट प्याकेज दिने

समयपोष्ट २०७३ मंसिर ३० गते ७:४१

वर्ल्डलिंक कम्युनिकेसन्सले ११ सय ५० रुपैयाँमा अनलिमिटेड इन्टरनेट प्याकेज दिने जनाएको छ । कम्पनीले दुर्इ एमविपिएस गतिको इन्टरनेट ११ सय ५० रुपैयाँमा दिने जनाएको हो । दुर्इ एमविपिएस अनलिमिटेड योजना अन्र्तगत कम्पनीले सस्तो रेटमा इन्टरनेट सुविधा दिन लागेको हो ।यस योजना अन्र्तगत एक वर्षको प्याकेज खरीद गर्दा जडान खर्चमा छुटका साथै निशुल्क फाइबर राउटर दिने कम्पनीले जनाएको छ। कम्पनीले इन्टरनेट प्रोटोकल(आइपी) टिभी सेवामा समेत विशेष अफर ल्याएको छ।इन्टरनेटको माध्यमबाट सबै प्रकारको टिभी हेर्न सकिने नयाँ प्रकारको सुविधा उपलब्ध गराउँदै आएको कम्पनीले एक महिनाको आइपी टिभी सेवा खरिद गर्ने ग्राहकलाई थप दुई महिना निशुल्क सेवा दिने जनाएको छ।कम्पनीका अनुसार यो सेवामा ग्राहकले एक महिनाको ४ सय ५० रुपैयाँ शुल्क तिरे पुग्छ। आइपी टिभीका लागि सेटअप बक्स र जडान शुल्क भने तिर्नुपर्ने कम्पनीले जनाएको छ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री