सोमबार, ३ कार्तिक २०८२

भारत सरकारको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण

समयपोष्ट २०८१ मंसिर २८ गते २१:०७


भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौँ स्थित सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ।

Advertisement

नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारतको २.९२४ करोड लागतमा निर्मित उक्त भवन आज जिल्ला समन्वय समिति, काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी तथा भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंहले क्याम्पस व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको समेत उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग दुई तले छात्रावास भवन र अन्य सहयोगी संरचनासँगै दुई तल्ले कक्षाकोठा भवन निर्माणमा उपयोग गरिएको थियो । उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो र जिल्ला समन्वय समिति, काठमाडौँ मार्फत कार्यान्वयन गरिएको थियो।

जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख, शंखरापुर नगरपालिकाका उपमेयर, राजनीतिक प्रतिनिधिहरु, र सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसका अध्यक्षले नेपाली जनताको उत्थानमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभएको थियो। नवनिर्मित संरचनाले सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक शैक्षिक दक्षता प्रदान गर्न सहयोगी हुनेछ । यसले सिकाईका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै यस क्षेत्रमा शिक्षाको समग्र विकासमा योगदान पुर्याउनेछ ।

Advertisement

प्राविधिक शिक्षा तथा व्यावसायिक तलिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त सुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पस सन् २००० मा स्थापना भएको हो । क्याम्पसले तीन वर्षे प्रोफिसियन्सी सर्टिफिकेट लेभल कोर्स (पिसिएल) अध्यापन गराउँदै आएको छ र प्रत्येक वर्ष १२० तालिमप्राप्त नर्स उत्पादन गर्दछ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री