बिहीबार, २७ वैशाख २०८१

रेनोको सबै गाडीको मुल्य १ जनवरी देखि ३ प्रतिसत् सम्म बढ्ने

समयपोष्ट २०७३ मंसिर २६ गते ९:०४


क्विड देखि लिएर रेनोको सबै कारको मुल्यमा यही जनवरी देखि ३ प्रतिसत्सम्म बृद्धि हुने भएको छ । गाडीको इनपुट कष्ट बढेको हुनाले १.५ देखि ३ प्रतिसत्सम्म मुल्य बढाउन लागेकोे रेनो इण्डियाका सि.इ.ओ तथा एमडी सुमित साहनीले बताएका छन् । तर कुन मोडलको गाडीमा कति बृद्धि हुने त्यो भने तय भईसकेको छैन । गाडीको मुल्यमा भएको बृद्धि यही जनवरी देखि लागु हुने साहनीले जानकारी दिए । 
अघिल्लो केही समय यता ग्लोबल मार्केटमा स्टिलको मुल्य अत्याधिक कायम भएको छ । स्टिल कम्पनीहरुले मुल्य बढाउँने निणर्य गरेकाले यसको असर गाडी कम्पनीहरुमा परिरहेको छ । स्टिलमा भएको मुल्य बृद्धिको असर रेनोको सबै गाडीहरुमा परेको सि.इ.ओ साहनीको धारणा छ । रेनो इण्डियाले  ह्याचब्याक क्विड देखि एस.यु .भि डस्टरसम्मको बिक्री गर्ने गर्दछ । क्विडको शुरुवाती मुल्य २.६४ लाख भारतिय मुल्य रहेको छ भने एस.यु.भि डस्टरको अधिकतम मुल्य १३.७७ लाख भारतिय मुल्य रहेको छ । 

Advertisement

भारतिय सञ्चार माध्यमको सहयोगमा 

प्रतिक्रिया

सम्बन्धित सामाग्री