मंगलबार, ६ चैत २०८०

नोटबन्दीको असर : मारुति–महिन्द्रको युज्ड कारको मुल्य ३० प्रतिसतसम्म घट्यो 

समयपोष्ट २०७३ मंसिर २६ गते ७:३३

नोटबन्दीले भारतको हरेका क्षेत्रहरुमा प्रभाव पारिरहेको छ । यसबाट भारतको अटोमोबाईल क्षेत्रले पनि हैरानी खेप्नु परिरहेको छ । 
बिशेषत दुई पांग्रे र युज्ड कार मार्केटमा नोटबन्दले अत्याधिक नोक्शान पुर्याइरहेको छ । युज्ड कार इण्डष्ट्रिको अर्गनाईज्ड डिलर्स जस्तै मारुति  टु विह्लर्स ,महिन्द्रा फस्र्ट च्वाईस ,ह्युण्डाई एच प्रमिसको बिक्री घटेर तिस प्रतिसतमा झरेको छ । त्यस्तै ह्याच ब्याक र सेडान सेगमेण्टको कारहरुको मुल्यमा पनि तिस हजार रुपैयाँ कम भएको छ । डिलर्सहरुका अनुसार मानिसहरुले दुईपांग्रे र चार पांग्रे सवारी साधन खरीद नगर्दा यसको कारोबारमा निकै कमि आएको हो । 
युज्ड कारको लागि अनलाईन मार्केटप्लेस टूविलका अनुसार सेकेण्ड ह्याण्ड ह्याच ब्याक कारहरुको मुल्यमा दश देखि पन्ध्र प्रतिसतसम्म गिरावट आएको छ । त्यस्तै  सेडान सेग्मेण्टको गाडीहरुको मुल्यमा भने सात देखि दश प्रतिसतसम्म कमि आएको छ । युटिलिटी ब्ह्लमा भने नोटबन्दीको खासै असर पारेको छैन । 
भारतिय डिलर्सहरु अटोमोवाईल क्षेत्रमा सुधार आउँन कम्तिमा पनि पाँच महिनाको समय लाग्ने बताउँछन् । भारतिय मिडियाका अनुसार भारतमा नयाँ कार भन्दा पुरानो कारको मार्केट बढी छ । भारतमा हर महिना तिन लाख कारहरुको एक्सचेञ्ज हुनेगर्दछ । जसमा ७५ प्रतिसत् हिस्सा अन अर्गनाइज्ड सेग्मेण्टको रहेको छ भने २५ प्रतिसत् हिस्सा अर्गनाईज्ड सेग्मेण्टको रहेको  छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री