बुधबार, २६ वैशाख २०८१

भारतलाई कावार्ही गर्ने रुसको चेतावनी 

समयपोष्ट २०७३ मंसिर २२ गते ६:५८

भारतमा गरिएको नोटबन्दीले कुटनितिज्ञहरुको लागि राम्रो डिनरको ब्यवस्था गर्न गाह्रो परेको भन्दै रुसले भरतलाई कावार्ही गर्ने चेतावनी दिएको छ । भारतिय परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै रुसले भारतिय कुटनितिज्ञहरुलाई कावार्ही गर्ने चेतावनी दिएको हो । भारत स्थित रुसी राजदुत एलेक्सजेंडर कदाकिनले डिसेम्बर २ मा भारतिय परराष्ट्र मन्त्रालयलाई पत्र मार्फत नोटबन्दीले परेको असुविधाको लागि आक्रोस पोखेको भारतिय सञ्चार माध्यमले जनाएका छन् । परराष्ट्र मन्त्रालयलाई पठाईएको पत्र मन्त्रालयले अर्थ मन्त्रालयमा दिएको भारतिय सञ्चार माध्यमको दाबी छ । भारत स्थित रुसी राजदुतावासमा करीब दुई सय कर्मचारीहरु कार्यरत छन् । नोटबन्दी पछि बैंकबाट एक जनाको लागि हप्तामा सिर्फ दुई सय पचास रुपैयाँ मात्र भुक्तानी पाइरहेको र सो खर्च अपुग भएकोले रुस रुष्ट बनेको छ । भारतिय मिडियाका अनुसार रुसले भारतिय कुटनितिज्ञहरुलाई बिरोध जनाउँनको लागि बोलाउँन पनि सक्नेछ । 
यसअघि पाकिस्तान, कजाकिस्तान, यूक्रेन, इथियोपिया र सूडानले पनि भारतिय नोटबन्दी प्रति रोस प्रकट गरिसकेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री