बुधबार, १२ वैशाख २०८१

नागरिकको लागि भगवान् थिइन् जयललिता,यि दश काम जसले उनलाई जनप्रिय बनायो 

समयपोष्ट २०७३ मंसिर २१ गते ६:४४

तमिलनाडुकी मुख्य मन्त्री जयललिता अब रहिनन् । उनलाई तमिलनाडुका नागरिकहरुले भगवान् जस्तै मान्ने गरेका थिए । उनी तामिलनाडुमा अम्माको नाममा लोकप्रिय थिइन् । उनले आफ्नो समर्थकहरुको लागि अम्माको नामबाट कर्यौ यस्ता योजनाहरु ल्याएकी थिइन् जसले पुरै भारतमा उनलाई चर्चित बनाएको थियो । उनले तामिलनाडुमा नुन देखि सिनेमासम्म कम पैसामा उपलब्ध गराएकी थिइन् । उनी राज्यका सबै  गरीब नागरिकहरु उनीहरुले पाउँने सेवा सुविधाबाट बञ्चित  हुन नपरोस् भन्ने मान्यता राख्थिन् । उनका यस्तै योजनाहरुले गर्दा नागरिकहरु बिच उनी भावनात्मक रुपले जोडिनै रहिन् । 

Advertisement

१.अम्मा साल्ट :
सन् २०१४ मा शुरु भएको यो अभियानमा नागरिकहरुको लागि सिर्फ १४ रुपैयाँ प्रति किलोमा नुन उपलब्ध गराईएको थियो । जबकी नुनको मुल्य बजारमा २५ रुपैयाँ प्रतिकिलो रहेको थियो । तमिलमा एउटा लोकप्रिय भनाईनै रहेको छ जसले तपाईलाई नुन दिन्छ ,अन्तिम स्वाससम्म तपाई उसको बफादार रहनुपर्छ 

२.अम्मा क्याण्टिन :
शहरमा सबै नागरिकहरुको लागि सस्तो मुल्यमा खाना र नाश्ता उपलब्ध गराउँनको लागि उनले अम्मा क्याण्टिन खोलेकी थिइन् । उक्त क्याण्टिनमा दुई रुपैयाँमा इडली, सांभरको साथमा उपलब्ध गराईन्छ । त्यस्तै तिन रुपैयाँमा दुई रोटी  र दाल,पाँच रुपैयाँमा लेमन राईस या कर्डराईस सांभरसंगै उपलब्ध गराईन्छ । सो राज्यमा राशनकार्ड हुनेको लागि २० किलो चामल उपलब्ध गराईन्छ । 

३. अम्मा बेबी किट :
राज्यका महिला र नवजात शिशुलाई ध्यानमा राखि जयललिताले यो योजना लञ्च गरेकी थिइन् । यस अम्मा बेबी किट अन्र्तगत झुल,म्याट्रेश,एक जोर कपडा,न्यापकिन,बेबी अयल,बेबी श्याफु,साबुन राख्ने बट्टा सहित साबुन ,नेलकटर र ह्याण्ड स्यानिटाईजर जस्ता अत्यावशयक सामाग्रीहरु निशुल्क उपलब्ध गराईन्छ।

४. अम्मा सीमेंट :

जयललिता गरीब नागरिकहरु पनि पक्की घरमा बस्न सकुन् भन्ने चाहन्थिइन् । यसको लागि उनले सस्तो मुल्यको अम्मा सिमेण्टको योजना ल्याईन् । यो योजनाको फाईदा शहर र गाउँ दुबैका गरीब मानिसहरुले उठाए । यस योजनामा गरीब मानिसको लागि १५० रुपैयाँमा ५० किलो सिमेण्ट दिईन्छ ।

५.अम्मा फार्मेसी :

तमिलनाडुका सबै अस्पतालहरुमा अम्मा फार्मेसी खोलिएको छ ताकि सबै नागरिकहरुले सस्तो मुल्यमा औषधि किन्न सकुन् । 

६.अम्मा मिनरल वाटर :
राज्यको सबै शहर र रेल्वे स्टेशन ,बस स्टेशनहरुमा मात्र रु १० मा मिनरल वाटर उपलब्ध गराईन्छ । ताकि गरीब मानिसहरु फोहोर पानीको कारण विरामी नपरुन् ।

७.अम्मा सिनेमा :

तामिलनाडुका गरीब जनताहरुले पनि फिल्म हेर्न सकुन र मनोरञ्जन लिन सकुन भन्ने जयललिताको चाहना थियो । यसकारण सस्तो मुल्यमा सिनेमा देखाउँन राज्यको सात स्थानमा अम्मा थिएटर राखिएको छ । यसको अलावा अम्मा टि,भी,अम्मा म्यारिज हल,अम्मा कल सेण्टर,बीज,चश्मा,केटीहरुको लागि साईकल,केटाहरुको लागि स्कुल ब्याग,किताब,युनिफर्म जस्ता चिजहरु पनि निशुल्क उपलब्ध गराईन्छ । 

८.अम्मा मोबाइल :

जयललिताले कामकाजी महिला  सेल्फ हैल्प ग्रुप (SHG) ट्रेनर्स को मद्तको लागि अम्मा मोवाईल योजना सुरु गराईन् । यो योजनाको लागि  बीस हजार सेल्फ हैल्प ग्रुप ट्रेनर्सलाई विशेष सॉफ्टवेयर वाला मोबाइल फोन दिइनेछ । यो योजनाको लागि तामिलनाडु सरकारले पन्ध्र करोड़ खर्च गर्दैछ । 

९.अम्मा मिक्सर :
जयललिताको अम्मा ब्राण्ड योजनाको चर्चा तमिलनाडुमा मात्र नभै पुरै भारतमा हुने गर्दछ । विशेषगरी महिलाहरुको लागि ल्याईएको योजनामा उनी चर्चित रहदै आएकी छिन् । उनले बिधानसभा चुनावअघि अम्मा मिक्सर नामक योजना सार्वजनिक गरेकी थिइन् । यो योजनाको सुरुवात पनि भैसकेको छ । उनले हजारौ गरीब महिलाहरुको लागि अम्मा मिक्सर निशुल्क उपलब्ध गराईसकेकी छिन् ।

१०. अम्मा ल्याटप :
यो योजना अन्र्तगत राज्यका ११ लाख बच्चाहरुको लागि २६ हजार मुल्यको ल्यापटप दिइनेछ भने यसमा वाई-फाई निशुल्क हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री