शुक्रबार, १६ चैत २०८०

कुकुर पछि लागेर अक्रमण गर्ने कोशिश गर्दा अपनाउँनुहोस यि तरीका 

समयपोष्ट २०७३ मंसिर १७ गते ६:३७

बाटोमा हिड्दै गर्दाहोस् वा पार्कमा घुमिरहदा अथवा बाईक चलाईरहेकै बेला पनि कुकुरले झम्टिएर टोक्ने प्रयास गर्नसक्छ । विषेशत बाईक चलाईरहदा बढी कुकुर पछि पछि लाग्ने गरेको देखिन्छ । यस्तो अवस्थामा आफुलाई कसरी सुरक्षित राख्ने त ? तलका टिप्सहरु उपयोगि हुनसक्छन् । 

Advertisement

१.यदि कुकुर तपाईको पछि पछि दौडदै भुक्दै पछि लाग्यो भने डराएर भाग्ने कोशिश विल्कुलै नगर्नुहोस् । बरु त्यस कुकुरको सामना गर्नुहोस । त्यसलाई ढुंगा अथवा आफ्नो बेल्ट खोलेर त्यसलाई टाढा भगाउँने तर्फ लाग्नुहोस् । 

२.कुनै कुराले कुकुरको ध्यान अर्को तर्फ मोड्ने कोशिश गर्नुहोस् । जस्तोकी आफुसंग भएको सामानहरु पानीको बोटल,खेलौना जे छ त्यो कुकुरतर्फ फयाकिदिनुहोस् । 

३.यति गर्दा पनि कुकुरले तपाईको पिछा छोडेको छैन भने ठूलो आवाज निकालेर त्यसलाई तर्साउनुहोस् । 

४.केही गर्दा पनि कुकुरले तपाईलाई छोडेन भने जे छ त्यसले कुकुरलाइ आक्रमण गर्नुहोस् । यदि केही पाउँनु एन भने कुकुरको नाक,गर्धन वा टाउकोको पछाडीको भागमा लात्तिले हानिदिनुहोस् । 

५.यति गर्दा गर्दै तपाई सहायताको लागि  कराउँनु पनि पर्नेहुन्छ । ताकि कण्डिसन विग्रिनुभन्दा पहिलेनै अरुको मद्दत लिनसकियोस् । 

६.तपाईले आसपास कुन लठ्ठी  भेटाउँनुभयो भने कुकुरलाइृ त्यसले पनि हिर्काउन सक्नुहुन्छ तर याद राख्नुहोस् कुकुरलाइ लठ्ठीले हान्दा टाउँकोमा कहिले पनि नर्हिकाउँनुहोस् । 

७.यदि हडबडीमा तपाई जमिनमा लड्नुभयो भने घुँडा टेकेर टाउँको भुईमा घोप्टो पार्नुहोस् । त्यसपछि आफ्नो अनुहारलाई हातले छोप्नुहोस् । कुकुरले जहिले पनि अनुहार ,घाँटी र छातीमा पहिले आक्रमण गर्दछ । 

८.यति धेरै उपाय लगाउँदा पनि कुकुरले टोकिहाले टोकेको ठाउँमा हातले जोडसंग थिच्नुहोस् अथवा कुनै कपडा बाध्नुहोस् ताकि रगतबग्न बन्दहोस् । 

९.टोकाई सानै भए पनि इन्फेक्सनको डर हुँनेहुँदा मेडिकल सहायाता अवश्य लिनुहोस् । 

१०.घाउँमा ड्रेसिंग गरिसकेपछि पनि घाउँको आसपास रातो हुने,पिप अथवा इन्फेक्सन देखियो भने तुरुन्त डाक्टरकहाँ जानुहोस् । 

११.आक्रमण गर्ने कुकुर घरपालुवा हो कि होईन पत्ता लगाउँनुहोस् । घरपालुवा हो भने उक्त कुकुरलाई सबै इन्जेक्सन दिएको छ वा छैन सोधपुछ गर्नुहोस् ताकि रेबिजको डर नहोस् । 

१२.यदि उक्त कुकुर स्ट्रिट डग रहेछ भने तुरुन्त सुरक्षा कर्मिलाई जानकारी दिनुहोस् ताकि त्यसलाई सो ठाउँबाट हटाउँन सकियोस् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री