शनिबार, १५ वैशाख २०८१

दुई गर्भाशय भएकी अमेरिकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी

समयपोष्ट २०८० पुष ७ गते १४:१९

Advertisement

अमेरिकी शहर अलाबामाकी ३२ वर्षीया महिलाले दुई वटा पाठेघर लिएर जन्मेकी र दुवैमा गर्भवती भएकी महिलाले छुट्टाछुट्टै दिनमा जुम्ल्याहा छोरीलाई जन्म दिनुभएको छ ।

केल्सी ह्याचरले आफ्नो इन्स्टाग्राम अकाउन्ट ‘डबलुह्याचलिंग्स’ मा आफ्नो कहानी शुक्रबार लेख्नुभएको छ, “हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन् !”

रोक्सी लैला नाम की जेठी छोरीको जन्म मङगलवार शाम साँझ ७ ः४९ बजे भएको हो भने अर्की जुम्ल्याहा शिशु रिबेल लेकेनको बुधबार बिहान ६ः०९ बजे जन्म भएको हो ।

ह्याचरले भन्नुभयो, “चिकित्सकहरूले उनीहरूको जन्म क्रिसमसतिर हुने अनुमान गरेका थिए, तर बहिनीहरू आफ्ना भाइबहिनीहरूसँग छुट्टी मनाउनको लागि समयमा नै आइपुगे ।”

आमा र छोरीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । ह्याचरले भविष्यमा गर्भाधानदेखिका सबै विवरण सार्वजनिक गर्ने वाचा गर्नुभएको छ ।

ह्याचरलाई १७ वर्षको उमेरदेखि नै ‘गर्भाशय डिडेल्फिस’ छ भन्ने थाहा थियो । यो एक दुर्लभ जन्मजात अवस्था हो जसले बच्चा जन्माउने लगभग ०.३ प्रतिशत महिलाहरूलाई असर गर्दछ । उहाँको गर्भाधानलाई लाखौँमा महिलामध्ये एक जनामा पाइने दुर्लभ घटना भनिएको छ ।

मे महिनामा नियमित आठ हप्ताको अल्ट्रासाउन्डका लागि अस्पताल पुगेकी मसाज थेरापिस्ट र पहिले नै तीन सन्तानकी आमा बनीसकेकी ह्याचरले यो पटक आफ्नो पेटमा जुम्ल्याहा बच्चा रहेको र त्यो पनि आफ्नो दुर्लभ दुई वटा गर्भाशयमा एक एक वटा भ्रुण रहेको थाहा पाउनुभएको थियो ।

बर्मिङ्घमको महिला तथा शिशु केन्द्रस्थित अलाबामा विश्वविद्यालयमा ह्याचरको हेरचाह गर्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ श्वेता पटेलका अनुसार दुवै गर्भाशयमा गर्भधारण अत्यन्त दुर्लभ छ ।

ह्याचरका अनुसार सन् २०१९ मा बङ्गलादेशमा २० वर्षीया आरिफा सुल्तानाले २६ दिनको फरकमा स्वस्थ जुम्ल्याहा बच्चा जन्माउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री