आइतबार, २२ असार २०८२

ग्लोबल आईएमईसहित तीन लघुवित्त कम्पनीले घोषणा गरे लाभांश

समयपोष्ट २०८० मंसिर २५ गते १०:२८

Advertisement

ग्लोबल आईएमईसहित तीन लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

ग्लोबल आईएमई, आत्मनिर्भर र समता घरेलु लघुवित्तको मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

ग्लोबल आईएमईले कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित ) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ६१ करोड ८९ लाख रहेको छ ।

आत्मनिर्भर लघुवित्तले कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ६ करोड २३ लाख ३८ हजार रहेको छ ।

Advertisement

त्यस्तै समता घरेलु लघुवित्तले कायम चुक्ता पूँजीको ५.४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२८५४ प्रतिशत नगद लाभांश गरि कुल ५.७०७६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ३९ करोड ४१ लाख ५५ हजार रहेको छ ।

शेयर संरचना अनुपात ७०:३० (संस्थापक : सर्वसाधारण) कायम गराउने उद्देश्यले नपुग शेयर रु. ३,३२,८५,६००/- बराबरको शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन (FPO) सम्बन्धी प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा संचालन प्रयाजनार्थ बुक क्लोज भन्दा अगावै उक्त शेयर समायोजन भए समायोजित शेयरधनीहरुलाई समेत प्रस्तावित लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि तीनै कम्पनीको लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री