आइतबार, २३ वैशाख २०८१

क्याटलको ब्याट्री जडित, फोटोन हाइ रुफ इभी भ्यान नेपाली बजारमा सार्वजनिक हुँदै

समयपोष्ट २०८० मंसिर २२ गते २०:१०

Advertisement

विश्वको सबै भन्दा धेरै ब्याट्री उत्पादन गर्ने ब्रान्ड क्याटलको ब्याट्री जडित, फोटोन हाइ रुफ इभी भ्यान नेपालमा सार्वजनिक हुने भएको छ ।

फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि. ले उक्त इभी भ्यान सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

उक्त गाडीमा 85 KW को पावर रहेको छ । जुन यस सेग्मेंटको गाडीमा सबैभन्दा धेरै हो । साथै आरादायी यात्राको लागि एस्पेसिअस ठुलो सिट, इन्टेरियर र फुल ए. सी. रहेको छ । कम्पनीका अनुसार यसमा ५ वर्ष अथवा ३,००,००० कि. मी. को वारेन्टी रहको छ । जुन नेपालमा पाईने गाडीहरु मध्य सबै भन्दा धेरै हो ।

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो भ्यान सुरक्षाको दृष्टिकोण पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ।
फोटोन पछिल्लो समय नेपालमा पिकअप, इलेक्ट्रिक लो रूफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्बुलेन्स सेग्मेंटमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ ।
आकर्षक लुक्स र पेर्फोमेन्सले गर्दा फोटोन नेपालको मार्केटमा लोकप्रिय हुन सफल भएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री