आइतबार, १३ फागुन २०८०

नेपाल इन्स्योरेन्सको साधारण सभा आह्रवान

समयपोष्ट २०८० मंसिर २० गते ९:१६

Advertisement

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्रवान गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस १३ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजे ७५ औँ वार्षिक साधारण सभा आह्रवान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद शेयरको हक हस्तान्तरण गर्न व्यवस्था थप गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले मंसिर २८ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री