आइतबार, २२ असार २०८२

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँट, १ लाख १४ हजार ८ सय जनाले पाए १० कित्ता शेयर

समयपोष्ट २०८० मंसिर १९ गते ११:३२

Advertisement

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले मंगलबार बिहान गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीको शेयर १ लाख १४ हजार ८ सय जनाले १० कित्ताको दरले प्राप्त गरेका छन् ।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ४० हजार १ सय ९९ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ७८ हजार ८ सय ६७ जनाको आवेदन मात्र योग्य भएको छ । ६१ हजार ३ सय ३२ जनाको आवेदन रद्द भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री