शुक्रबार, २१ वैशाख २०८१

भायानेटकी सीईओ पाठक ‘एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्ड २०२२’बाट सम्मानित

समयपोष्ट २०७९ पुष १५ गते २०:०१

Advertisement

भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरा ‘एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्ड २०२२’बाट सम्मानित भएकी छन् ।

नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि प्रमुख कार्यकारी अधिकृत पाठकलाई सम्मानित गरिएको हो ।

प्रमुख कार्यकारी अधिकृत पाठक देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने पहिलो महिला मध्ये एक हुन् ।

सन् २०१२ मा भायानेटको वित्त तथा संचालन निर्देशकका रूपमा भायानेट जोइन गरेकी पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेकी थिईन् ।

Advertisement

उनको कार्यकालमा भायानेटले आफ्नो गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवाहरूको स्तरोन्नति गर्दै देशैभर द्रुत रूपमा विस्तार गरिरहेको छ।

एचआरएम अवार्ड कर्पोरेट क्षेत्रमा भएका विविध विधाका उत्कृष्टतालाई पुरष्कृत गर्ने उद्देश्यले सन् २०२१ मा स्थापना भएको वार्षिक पुरष्कार हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री